You are viewing the translated version of उजुरी सम्बन्धी व्यवस्था.
Section 93
उजुरी सम्बन्धी व्यवस्था
(१) ऐनको दफा १२८ वां १२९ बमोजिम बीमितले प्राधिकरणमा उजुरी गर्दा अनुसूची-१५ को ढाँचामा गर्नु पर्नेछ।
(२) ऐनको दफा १२९ बमोजिम हानि नोक्सानीमा परेको मितिले तीन महिनाभित्र उजुरी गर्नु पर्नेछ।
(३) यस नियम बमोजिम दिएको उजुरी रीतपूर्वकको भए वा नभएको प्राधिकरणले जाँच गरी रीत पुगेको भए दायरी किताबमा दर्ता गर्नु पर्नेछ।
(४) उपनियम (३) बमोजिम जाँच गर्दा रीत नपुगेको उजुरीको हकमा तीन दिनभित्र रीत पुच्याई ल्याउन उजुरकर्तालाई उजुरी फिर्ता दिनु पर्नेछ र सो अवधिभित्र उजुरीकर्ताले रीत पुच्याई ल्याएमा उजुरी दर्ता गर्नु पर्नेछ।
(५) उपनियम (४) बमोजिमको अवधिभित्र रीत पुन्याई उजुरी नगरेमा सम्बन्धित अधिकारीले कारण खुलाई दरपीठ गर्न सक्नेछ।
(६): उपनियम (५) बमोजिमको दरपीठ सम्बन्धी निर्णयमा चित्त नबुझेमा उजुरीवालाले अध्यक्ष समक्ष निवेदन दिन सक्नेछ।
(७) उपनियम (३) वा (४) बमोजिम उजुरी दर्ता भएको एक हप्ताभित्र ऐनको दफा १२८ को उपदफा (२) बमोजिमको म्याद दिई प्रतिउत्तर पेस गर्न सम्बन्धित पक्षलाई सूचना पठाउनु पर्नेछ।
(८) उपनियम (७) बमोजिम प्राधिकरणमा प्रतिउत्तर पेस गर्दा अनुसूची-१६ बमोजिमको ढाँचामा पेस गर्नु पर्नेछ।
(९) उपनियम (३) बमोजिम दर्ता हुन आएको उजुरी उपर प्राधिकरणले तारिख तोकी कारबाही तथा सुनुवाई गर्नु पर्नेछ।
(१०) प्राधिकरणले बीमा दाबी सम्बन्धी उजुरीको सम्बन्धमा पेस हुन आएका कागज प्रमाणको आधिकारिकता बुझ्न आवश्यक देखेमा सम्बन्धित निकायमा लेखी पठाउन वा सो सम्बन्धी विशेषज्ञको राय लिन सक्नेछ।
(११) यस नियम बमोजिम प्राधिकरणले उजुरीको सुनुवाई गर्दा खुला र पारदर्शी रूपमा गर्नु पर्नेछ।
(१२) यस नियम बमोजिमको उजुरीको सम्बन्धमा विवादका पक्षले कानून व्यवसायी तथा वारेसमार्फत् प्राधिकरणमा प्रतिनिधित्व गर्न सक्नेछ।
(१३) उजुरीको - सुनुवाई वा निर्णय गर्दा पक्षहरूको उपस्थितिमा गर्नु पर्नेछ।
तर सुनुवाईको लागि तोकिएको तारिखमा कुनै पक्ष उपस्थित नभए पनि उजुरीको सम्बन्धमा सुनुवाई वा निर्णय गर्न बाधा पुगेको मानिने छैन।
(१४) उजुरीको सुनुवाई गर्ने अधिकारीले आफ्नो वा आफ्नो नजिकको नातेदारको हक, हित वा सरोकार रहेको उजुरीको कारबाही, सुनुवाई र किनारा गर्नु हुँदैन। स्पष्टीकरणः यस उपनियमको प्रयोजनको लागि “नजिकको नातेदार” भन्नाले प्रचलित कानून बमोजिम अपुताली प्राप्त गर्न सक्ने प्राथमिकताक्रममा रहेको व्यक्ति, मामा, माइजू, सानीआमा, ठूलीआमा, सानोबाबु, ठूलोबाबु, पति वा पत्नीतर्फका सासू, ससुरा, फुपू, फुपाजु, साला, जेठान, साली, दिदी; बहिनी, भिनाजु, बहिनी ज्वाई, छोरी ज्वाई, भाञ्जा, भाञ्जी, भाञ्जी ज्वाई, भाञ्जी बुहारी तथा त्यस्तो नाताका व्यक्तिको परिवारको - सदस्य सम्झनु पर्छ।